स्वदेश फर्किएका १५ सय नेपालीलाई स्वास्थ्य किट बितरण

नेपालगञ्ज । बाँकेको जमुनाहा नाका भएर नेपाल फर्किने नेपालीहरुलाई स्वास्थ्य किट बितरण गरिएको छ । कामको शिलशिलामा भारत गएर नेपाल फर्किएका नेपालीहरुलाई सीमा नाका जमुनाहमै स्वास्थ्य किट उपलब्ध गराइएको हो ।

नेपालगञ्ज उपमहानगपालिका, इलाका प्रहरी कार्यालय जमुनाह, लायन्स क्लब नेपालगञ्ज न्यूरोडको समन्वय सहकार्यमा सामाजिक बिकास मंच बाँकेले जोखिम संचार र समुदाय संलग्नता (Risk communication and community engagement project) परियोजनामार्फत नेपाल फर्किन लागेका नेपालीलाई नाकामा स्वास्थ्य किट प्रदान गरेको छ ।

कोरोना भाइरसको तेस्रो लहरको संक्रमणबाट पहिल्यै सर्तक रहेर जोगिनका लागि उक्त सामाग्री बितरण गरिएको मंचका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिनुभयो ।

जमुनाह नाकामै पुगेर मंचका बरिष्ठ सल्लाहकार घनश्याम उपाध्यय, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख, नाकामा खटिएका शसस्त्र प्रहरी र स्वास्थ्यकर्मीले नेपाल फिर्ता आइरहेकालाई किट बितरण गर्नुभएको छ ।

स्वास्थ्य किटमा प्रत्येक व्यक्तिलाई मास्क, डिजिटल थर्मामिटर र २०० एम एलको स्यानिटाईजर रहेको करिब ३ लाख १० हजार बराबरको सामाग्री बितरण गरिएको हो । जसमा लायन्स क्लबले १५ हजार बराबरको मास्क बितरण गरेको थियो । मंचले एसअघि जमुनाह नाका र कोहलपुरमा कोरोना भाइरसबिरुद्ध सन्देशमूलक सूचना बोर्डहरु राखेको छ ।

Previous articleचार भाषामा रहेको ‘सुनो सजनी मोर’ को म्युजिक भिडियो आउँदै
Next articleपेट्रोलियम पदार्थको मूल्य घट्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here