चार गुन्डाको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । अवैध गतिविधिबाट सम्पत्ति आर्जन गरेको अभियोगमा चार गुन्डा नाइकेहरु विरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्च अदालतमा सुनुवाई सुरु भएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पाँच जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर गरेको भएपनि चार जनाको मात्र मुद्दामा सुनुवाई भइरहेको हो ।

गण्डकीका प्रदेशसभा सदस्य रहेका दीपक मनाङेका हकमा भने म्याद समाप्त भएपछि मात्र निवेदन पुगेकाले मुद्दामा हुने सुनुवाईबाट उनी बचेका छन् । मनाङेबाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मिलन गुरुङको मुद्दा सर्वोच्चमा रहेको छ ।

गत शुक्रबार बस्नेतको मुद्दा सर्वोच्चमा पेशीमा रहेको भएपनि सुनुवाइ हुने पालो नआउँदा केही दिनपछि सरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा आधारित भएर २०७० साल जेठ ५ गते लामासहित पाँच जना गुन्डा नाइकेविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर भएको थियो ।

अवैधानिक गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, व्यक्तिलाई धम्काएर असुल गर्ने र उक्त सम्पत्ति वैधानिक बनाउन विभिन्न स्थानमा लगानी गरेका दाबी विभागले गरेको थियो । नेपाल लाईभबाट

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments