५४ जनाद्धारा रक्तदान

नेपालगञ्ज । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ बिहीबार नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ । पछिल्लो सयम बाँकेमा देखिएको रगत अभावलाई कम गर्न माइती नेपाल, माइती युवा संजाल, समाज सेवा संस्था नेपालको आयोजना र नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार सेवा केन्द्र नेपालगञ्जको प्राबिधिकि सहयोगमा बिहीबार रक्तदान कार्यक्रम गरिएको हो ।

भेरी अस्पताल परिसरमा रहेको सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको बिभिन्न क्षेत्रका ५४ जनाले रक्तदान गरेका छन् । सोही अवसरमा बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले समेत रक्तदान गर्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी लगायतले रगत संकलन गर्ने प्याकेट स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै कार्यक्रमको शुरुवात गर्नुभएको थियो ।

उद्घाटनमा बोल्दै नगरप्रमुख राणाले एक जनाको शरीरमा रहेको रगत तीन महिनापछि आफै खेर जाने भएकाले कसैको जीवन बचाउन रक्तदान आवश्यक रहेको उल्लेख गर्नुभयो । एक प्वाईन्ट रगतका लागि टाढा टाढाका मनिसलाई भौतारिनु परिरहेको हुन्छ, नगरप्रमुख राणाले भन्नुभयो, तर समाजका अगुवाहरुको सक्रियताले उक्त समस्या समाधान गर्न सकिन्छ ।

रक्तदान प्रतिको बुझाईलाई अझै चिर्दै जानुपर्ने अवस्था रहेको समेत नगरप्रमुख राणाले उल्लेख गर्नुभयो । उहाँले रक्तदान कार्यलाई व्यक्तिले नियमित बनाउन सके कहिल्यै कसैलाई समस्या नहुने धारणा राख्नुभयो । उद्घाटन शत्रमा माइती युवा संजालका अध्यक्ष मेघ बहादुर खत्री, माइती नेपालका नेपालगञ्जका संयोजक केशव कोइराला, सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो ।

Previous articleनेपालगञ्जका थप दुई वडा बाल विवाह मुक्त घोषणा
Next articleबाँकेमा जारी निषेधाज्ञा साउन १० सम्म थप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here