
नेपालगञ्ज । बाँकेमा प्रशासनले फेरि निषेधाज्ञालाई बढाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार एक सूचना जारी गर्दै जारी निषेधाज्ञालाई थप गरिएको हो ।
प्रशासनले साउन १० गतेसम्मका लागि निषेधाज्ञा बढाएको जनाएको छ । जिल्लामा कोभिड १९ संक्रमणको दर क्रमश ः घट्दै गएको भए पनि जोखिमको सम्भावना कायम नै रहेकाले सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञाको समय बढाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा हस्ताक्षरित सूचनामा यसअघि रोक लगाइएका कार्यहरु तपसिलकै हुने उल्लेख छ । यसअघि जारी गरिएको निषेधाज्ञाको समयावधी आज रातीसम्म कायम गरिएको थियो ।






