कोभिड–१९ को तेस्रो लहरका लागि बाँकेमा बालरोग बिशेषज्ञहरु तयार

नेपालगञ्ज । कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीका लागि बाँकेमा बालरोग बिशेषज्ञहरुको सूचि तयार गरिएको छ ।

तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुने आंकलन भइरहेका बेला पूर्वतयारीका लागि भन्दै बाँकेमा विभिन्न अस्पतालमा कार्यरत बालरोग बिशेषज्ञहरुको सूचि तयार पारिएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अनुसार उक्त सूचिमा जिल्लाका १३ जना बालरोग बिशेषज्ञलाई समेटिएको छ ।

त्रिपुरा बाल अस्पतालका डा. विजय प्रधान, एशोधा अस्पतालका डा. बिनोद खेतान, कान्ति आरोग्य अस्पतालका डा. रोमा बोरा, नेपालगन्ज मेडिकल कलेजका डा. पियुस कनोडिया, डा.निरज आचार्य, डा. ज्योति अधिकारी, डा. राजेश केसी, डा. मुरली मनोहर गुप्ता रहनुभएको छ ।

यस्तै भेरी अस्पतालका डा.पिताम्वर सुवेदी, डा अनुप सिंह रनहोत्रा, डा बिष्णु थापा, डा कुलदिप गोइत र सुभकामना फार्मेसीमा कार्यरत डा. सकिल अहमदलाई सूचिमा समेटिएको छ । तेस्रो लहरको जोखिम पूर्वतयारीका लागि बाँकेका अस्पतालहरुले पनि त्यही अनुसार तयारी गरेका छन् ।

खासगरी बालबालिकालाई प्राथमिकतामा राखेर भेरी अस्पतालले १० बेड आईसीयू सहित ३० बेडको प्याडाइट्रिक युनिट निर्माणको तयारी भइरहेको अस्पतालका मेसु डा प्रकाश थापाले बताउनुभयो । उहाँका अनुसार, बच्चाहरूलाई उपचारको लागि चाहिने सामान तथा उपकरणहरूको पनि व्यवस्था मिलाउने काम भइरहेको छ ।

Previous articleअब लामो दुरीका सार्वजनिक यातायात चल्ने
Next articleनेपालगञ्जमा ६० वर्ष पुगेका स्वयमसेविकाको विदाई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here