अब लामो दुरीका सार्वजनिक यातायात चल्ने

काठमाडौं ।  सरकारले लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुर प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले साउन १ गतेबाट सवारी साधन चल्न दिने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए । ‘लामो दूरीका सार्वजनिक यातायात बाहिरबाट आउन र जान पाउने निर्णय भएको छ,’ उनले भने । उपत्यकामा जारी निषेधाज्ञा आज राति सकिँदैछ ।

Previous articleबाँकेमा जारी निषेधाज्ञा साउन १० सम्म थप
Next articleकोभिड–१९ को तेस्रो लहरका लागि बाँकेमा बालरोग बिशेषज्ञहरु तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here