सूफीनिज्मबाट मानवता जोगाउन सकिने ‘दरगाहे आला’

नेपालगञ्ज । दरगारे आला हजरतबाट खटिएको प्रतिनिधि मण्डलले मानवतालाई जोगाउन सूफीनिज्मको आवश्कता रहेको बाताएका छन् । भारतको उत्तर प्रदेशमा रहेको बरेली शरीफ दरगाहे आला हजरतद्वारा नेपाली नागरिकहरुलाई राहत सामाग्री वितरण गर्न आएको टोलीले मानवीयताको सन्देश दिएको छ ।

शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा लकडाउनबाट प्रभावित गरीब असाहाय र पीडित परिवारलाई अरगाहे आला हजरतद्वारा राहत सामाग्री बाडिएको छ । भारतको उत्तर प्रदेशमा रहेको अहले सुन्नत वल जमातको मर्कज बरेली शरीफबाट लकडाउनको कारण प्रभावित नेपाली नागरिकहरुलाई संदेशसहितको सहयोग गर्न एउटा प्रतिनिधि मण्डल पठाइएको थियो ।

दरगाहे आला हजरतका प्रमुख सुबहानी मियाँले शुक्रबार राहत सामाग्री वितरण गर्न उक्त टोलीलाई पठाइ गरीब सहायहरुको सहयोग गर्नु भएको छ । राहत वितरण गर्न आएको टोलीले मार्च १३ मा नेपालको अधिकांश क्षेत्रहरूमा करीब २०० भन्दा बढी मदरसा र मस्जिदहरुको अवलोकन गरि गरीब र असाहायहरुको अवस्था बारे एउटा रिपोर्ट पेश गरेको थियो ।

सोही रिपोर्टको आधारमा दरगाहे आला हजरतबाट राहत सामाग्री वितरण गर्न एउटा प्रतिनिधि मण्डल पठाइएको छ । प्रतिनिधि मण्डलद्वारा बाँके जिल्लाको नगरपालिका र गाउँ पालिका गरि १०० जना पीडितहरुलाई राहत बाडिएको छ । राहत सामाग्रीमा ५ किलो चामल, ५ किलो पिठो, १ किलो चिनि, १ किलो नुन, १ किलो मसूर दाल र १ लिटर खातेतेल रहेको छ ।

दरगाहे आला हजरतको प्रतिनिधि मुफ्ती सलीम नूरीले उक्त खाद्यान्न सामग्री वितरण गर्नु भएको थियो । खाद्यान्न वितरण कार्यमा उहाँले भन्नु भयो , ‘यति खाद्यान्न सामाग्रीले पुर्ण सहयोग हुन सक्दैनौ, यो एउटा सन्देश मात्र हो । हामीले मानवता जोगाउन यस्ता सामाजिक कार्यहरु गर्न अत्यन्त जरुरी छ । नेपाल र भारतबीच राष्ट्रिय र दीने ईस्लामको आत्मीय सम्बन्ध रहेकाले एक आर्कालाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो । हामीले विगतमा समेत नेपालमा रहने नेपाली नागरिकहरुलाई शैक्षिक, आर्थिक, सामाजिक रूपले सहयोग गर्दै आएको छौँ र आगामी दिनमा समेत सहयोग गर्नेछौँ ।’

विश्व समुदाय नै कोरोना महामारीबाट प्रभावित भैरहेको बेला मानवतालाई जोगाउन निकै कठिनाइ आएको सलीम नूरीले बताउनुभयो । वर्तमानमा मानवता जोगाउन सुफीनिज्मले ठुलो भुमिका खेल्न सक्ने भएकोले सुफी शन्तहरुसंग सम्बन्ध बनाउन जरुरी रहेको समेत उहाँले बताउनु भयो ।

उहाँले परिस्थिति जस्तो सुकै रहेपनी सद्भावमा खलल आउने गरि कुनै पनि काम नगर्न गराउन आग्रह गर्नु भएको छ । त्यस्तै नेपाल वल्मा काउन्सिल बाँकेको संयोजक मुफ्ती कैफुल्वरा खानले नेपालमा सद्भाव र शान्तिलाई बनाइ राख्न एक आर्काको मद्दत गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, कोरोना महामारीको कारण सबै समुदायको प्रभावित भएको छ । जसले गर्दा सबैले एक आर्कालाई सद्भावपुर्ण दृष्टिले हेर्न जरुरी छ भने एक आर्कालाई मद्दत गरेर समुदायमा शान्ति सद्भाव कायम समेत गर्नुपर्छ ।

उक्त कार्यक्रमम नेपाल वल्मा काउन्सिलका नायव संयोजक मौलाना नसिरुद्दीन अन्सारी, कारी अब्दुल कैयूम, कारी अजमत लगायत जिल्ला भरीको अधिकांश वल्मा र मुस्लिम समुदायको अग्रजहरुको उपस्तिथि रहेको थियो ।

Previous articleलियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन
Next articleश्रावण ३ देखि बाँकेका चार पालिकामा भेरोसेलको पहिलो डोज लगाइने

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here