
नेपालगन्ज । बाँकेका चार वटा पालिकामा श्रावण ३ गतेदेखि ५ गतेसम्म (दुई दिन) भेरोसेलको पहिलो मात्रा लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।
जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा पर्सीदेखि खोपको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।
कार्यालयले एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने श्रावण १० गतेदेखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिईने जनाएको छ । यो अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहलाई खोप लगाईने छ ।
त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् ।
स्वास्थ्य कार्यालय बाँकेले खोप लिन जाँदा ५५ वर्ष माथिका नागरिकले नागरिकता वा उमेर खुल्ने प्रमान पत्र सहित र शिक्षक, कर्मचारीहरुको हकमा संस्थाले जारी गरेको प्रमाण पत्र सहित नजिकको स्वास्थ्य संस्थामा जान भनेको छ । सरकारले चिनबाट भेरोसेल खोप आएपछि अहिले लक्षित समुह निर्धारण गरि खोपको पहिलो मात्रा दिईरहेको छ । साभार : स्वास्थ्य पेजबाट






