जसपाले पायो पार्टी दर्ता प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगमा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको छ ।

आइतबार दिउँसो निर्वाचन आयोगले उक्त दल दर्ता भएको प्रमाणपत्र जसपालाई प्रदान गरेको हो ।

जसपाका नेता शिवजी यादव र केशव झाले दल दर्ता भएको प्रमाणपत्र बुझ्नुभएको छ ।

निर्वाचन आयोगको गत बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको थियो ।

गत बैशाख १० गतेको निर्णयअनुसार समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो ।

Previous articleचार गुन्डाको सम्पत्ति शुद्धीकरण मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै
Next articleघर फर्किनेहरुको संख्या बढ्दै जिल्लाका ३० जना मात्र आइशोलेशनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here