
नेपालगञ्ज । समाजवादी शिक्षक संघको जिल्ला अध्यक्षमा आदित्य कुमार बर्मा मनोनित हुनुभएको छ । जनता समाजवादी पार्टी, नेपाल बाँकेको २६ गते बसेको बैठकको निर्णय अनुसार जानकी गाउँपालिका वडा नं–३ निवासी शिक्षक बर्मालाई समाजवादी शिक्षक संघको जिल्ला अध्यक्ष पदमा मनोनित गरिएको हो ।
लामो समयदेखि पार्टीको बिधान अनुसार हरेक शैक्षिक क्रियाकलापमा सक्रिय रहेकाले बर्मालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिन मनोनयन गरिएको पार्टीका जसपा बाँके जिल्ला अध्यक्ष कमरुद्दिन राईले बताउनुभयो ।
संघीय, समाजवाद, शुशासन र समृद्धिको यात्रामा सक्रिय सदस्यको रुपमा रही पार्टीको बिधान अनुसरण गर्दै शैक्षिक क्षेत्रको हरेक क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको कुरालाई उच्च मुल्याँकन गर्दै समाजवादी शिक्षक संघको जिल्ला अध्यक्षको जिम्मेवारीमा मनोनयन गरिएको अध्यक्ष राईद्धारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।






