
गुलरिया । नेपाल सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन अगाडि ल्याएको छ ।
वि.सं.२०७९ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रूपमा स्तरोन्नति गरी वि.स. २०८७ सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा पुग्ने दूरदृष्टिमा केन्द्रित रहेर २०७३ देखि २०८० सम्मका लागि यो योजना अगाडि ल्याइएको हो ।
अझ पनी सबैका लागि गुणस्तरीय शिक्षाको सहज पहुँच सुनिश्चित गर्न सकिएको छैन । कतिपय समुदायका बालबालिकाको विद्यालय शिक्षामा पहुँचको स्थिति कमजोर नै छ । कठिन अवस्थामा रहेका सीमान्तकृत समुदाय, दलित तथा अल्पसंख्यक सांस्कृतिक समुदायका बालबालिका पूर्णतः विद्यालय शिक्षाको मूलधारमा समाहित भइसकेका छैनन् ।
बिकट तथा बिपन्न समुदायमा रहेका विद्यालयमा हुने शिक्षण तथा सिकाई प्रक्रियाले लैंगिक विभेदलाई प्रोत्साहन गरिरहेको छ । त्यस कारण बालक र बालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गर्न कठीनाइ भएको र शैक्षिक सामग्री र कक्षाकोठा प्रर्दशनले पनि लैंगिक परम्परागत मुल्य मान्यतालाई निरन्तरता दिएको देखिन्छ ।
लैंगिक समानता प्रवर्दन गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाइ अंगिकार गर्न परियोजना संचालन भएका बर्दिया जिल्लाको राजापुर नगरपालीकाका ५ बिधालय, गेरुवा गाउँपालीकाको २, बारबर्दिया नगरपालीकाको ५ र गुलरिया नगरपालीकाका ३ बिधालयका कक्षा शिक्षकहरुका लागी लैगिक रुपान्तरण सम्बन्धी ३ दिने शिक्षण तलिम गुलरियामा र शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी ४ दिने तालिम राजापुरमा शुक्रबारदेखि संचालन भएको छ ।
तालिममा बिधालयहरुमा गरिने शिक्षण सिकाई पद्धति र कक्षा कोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षणसिकाई विधिहरु र सिकाई प्रक्रियाहरुको बारेमा सहभागिहरुको ज्ञान र सिपमा अभिवृद्धि भइ बिधालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइ कृयाकलापमा यसको प्रभाव तथा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय प्रदेश नं ६ सुर्खेत र सामाजिक सचेतन सरोकार (मंच स्याक नेपाल) बाँकेको साझेदाररी तथा बारबर्दिया नगरपालीका, गुलरिया नगरपालीका, राजापुर नगरपालीका र गेरुवा गाउँपालीकाको समन्वयमा नगर क्षेत्रभित्र लर्न परियोजना संचालन भएको बिधालयका कक्षा शिक्षकहरुको सहभागीता रहेको छ ।
तालिम उद्धाटन सत्रमा बर्दिया जिल्ला गैसस महासंगका अध्यक्ष बिष्णु तिमल्सेनाले बिधालय शिक्षामा यस तालिले महत्वपुर्ण भुमिका निर्वाह गर्ने र बिकट समुदायमा रहेका बालबालीकाहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नमा यस तालिम महत्वपुर्ण भुमिका रहने र सदैव शिक्षाको गुणस्तर बृद्धीका लागी पैरवी गदै आइरहेको बताउँदै तालिमको सफताको सुभकामना दिनुभयो ।
शिक्षकहरुका लागी लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तालिम गुलरियामा १७ जना शिक्षक र राजापुर नगरपालीकामा संचालनमा रहेको शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धी तालिममा २० जना शिक्षकको सहभागीता छ, भने राजापुर नगरपालीकामा संचालित तालिममा राष्ट्रिय सेतो गुरासको प्रशिक्षक राधा मल्ल तथा गुलरियामा संचालित तालिममा हेमा सुनारले तालिम सहजिकरण गर्नुभएको छ ।
तालिममा सहभागीहरुमा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सबै सहभागीहरुको भौतिक दुरी कायम गर्ने, माक्स तथा सेनिटाइजरको अनिवार्य प्रयोग, समय समयमा साबुन पानीले हात धुने योजनाका साथ तालिम संचालन गरिएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।






