
साबिर अन्सारी, नेपालगञ्ज । बाँकेमा पानी नपर्दा कृषकहरुलाई धान, मकै, तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै, तिल, अरहर र तरकारीहरु सुक्ने अवस्थामा पुगेका छन् ।
पानीको अभावले सुक्न लागेको धान, मकै, तिल अरहर र तरकारी जोगाउन कृषकहरुले पम्पीसेट राखेर खेत सिचाइ गरेको छन् । समयमा पानी नपाए धानको उत्पादनमा कमि आउन सक्ने कृषकहरुले बताउँछन् । धान, मकै, तिल, अरहरको बिउ छर्दा समेत पानीको अभावबाट कृषकहरुलाई ग्रसित हुनु परेको थियो । जेष्ठ १५ देखी कृषकहरुले बिउ बिजनको काम सुरु गरिसकेको थिए । केहि कृषकले वर्षाको प्रतीक्षा गर्दै जाँदा बिउ छर्न ढिलाइ भएको थियो भने केहिले नदि नाला ताल तलैयाबाट खेत सिचाइ गरेर समय मै बीउ छर्न सफल भएको कृषकहरु बताउँछन् ।
कोरोना कहरमा बिउ र खाध जुटाउन विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो । जसोतसो धान रोप्न सफल भएपनी अहिले पानीको समस्या हाम्रो लागि एउटा चुनौती नै बनेको छ । खेत नजिक ताल तलैया भएका कृषकहरुले खेत सिचाइ गर्न पम्पीसिटबाट भए पनि धान जोगाइ रहेका छन् । जबकी ताल तलैया नदि नाला उपलब्ध नभएको कृषकहरुलाई धान माकै तिल लगायतको बाली जोगाउन निकै कठिनाइ भएको छ ।
वर्षाको प्रतीक्षा गर्दै बसेको छौँ हामी, वडा नम्बर २२ पुरैनी किसान दिनानाथ यादवले भन्नुभयो, दैवले हामी माथी आफ्नो कृपा बनाएनन भने यस पटक उत्पादनमा कमि आउन सक्छ । ६ बिगाहा जमीनको खेती छ, पुरै जमीनमा धान लगाएको छु । कृषि बाहेक अन्य कुनै पेशा नरहेकोले कृषि मै निर्भर छु ।
पानी नपर्दा बिरुवाको विकास स्थिर भएको छ । अहिलेसम्म महिनासम्म लगाएको बिरुवाहरुको उचाई २ फिटसम्म पुग्ने गर्थ्यो तर यस पाली पानीको कमिले १ देखि ३र२ फिटसम्म मात्र भएको छ । किसानअकबर साईं भन्नू हुन्छ, यस्तै अवस्था रहयो भने खेती गरेको अर्थ रहंदैन ।,
वर्षाका कारण प्रभावित कृषकहरुले बाली जोगाउन निकै संघर्ष गरेको देखिन्छ । उनीहरुका अनुसार एक बिगाहा खेत सिचाइ गर्न ठुलो खर्च व्यहोर्न परेको छ । लगानी गरेको पैसा बराबर पनि उत्पादन भएन भने कृषि गर्नुको कुनै फाइदा हुँदैन, त्यसैमा सरकारले कृषकहरुको हकमा सहि समयमा सेवा सुविधा समेत पुर्याएको छैन ।






