
बर्दिया । बर्दिया जिल्लामा आइशोलेशनमा रहने कोरोना संक्रमितहरुको संख्या घटेको छ ।
स्वास्थ्य कार्यालय बर्दियाका अनुसार जिल्लामा हाल जम्मा ३० जना संक्रमित मात्र आइशोलेशनमा रहेका छन् ।
पछिल्लो समय देखिएका कोरोना संक्रमित संक्रमणको अवस्था शून्यमा पुगेर घर फर्किनेको संख्या बढ्दै गएपछि आइशोलेशनमा रहनेहरुको संख्या कम हुन थालेको हो ।
स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौधरीका अनुसार निको भइ जानेहरु बढेका छन् ।
उहाँका अनुसार जिल्लामा संक्रमणको अवस्था शून्यमा पुगेर १६५ जना घर फर्किएका छन् । जसमा १६ महिला र १४९ जना पुरुष छन् ।
जिल्लामा आइतबार साँझ ५ बजेसम्म २४ महिला र १७१ पुरुष गरी १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धेरैजसो घर फर्किएपछि अब ८ जना महिला र २२ जना पुरुषलाई मात्र आइशोलेशनमा राखिएको जनस्वास्थ्य निरिक्षक चौधरीले जानकारी दिनुभयो ।






