
नेपालगन्ज । “दान मध्येको महादान, रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ नेपालगन्ज जुता चप्पल व्यवसायी संघद्वारा गरिएको रक्तदान कार्यक्रममा महिला पुरुष गरी ६७ जनाले रक्तदान गरेका छन् ।
संघका अध्यक्ष कमल प्रसाद पौडेलको अध्यक्षतामा शनिवार स्वास्तिक कटेजमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन शत्रमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले रगत संकलन गर्ने प्याकेट प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको संघका उपाध्यक्ष माधव प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका महासचिव चिरञ्जिवी ओली, नविल बैंक नेपालगन्ज शाखाका प्रबन्धक ओमकार काफले, सहायक प्रबन्धक कृष्ण पुरासाई, खुद्रा व्यवसायी संघका अध्यक्ष शिव दाहाल, रेडिमेड व्यवसायी संघका सचिव सन्तोष पौडेल, संघका कार्यसमितिका पदाधिकारी, अन्य व्यवसायीहरुको उपस्थिति रहेको कार्यक्रमलाई संघका महासचिव कुलराज सञ्जनले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष पौडेलसहित ६७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापा मगर, एलिजा चौधरी, हिमाँशु मौर्या, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिक सहयोग गर्नुभएको थियो । पछिल्लो समय बाँकेमा रगत अभाव रहेकाले बिभिन्न संघ संस्थाहरुलाई रक्तदान गर्न सेवा केन्द्रका प्रमुख रेग्मीले अनुरोध गर्नुभयो ।






