
नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ । १८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरि सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।
‘खोप आपूर्तिको समस्या समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निशुल्क खोप लगाउने योजना तयार भइसकेको मन्त्रालयका सहप्रवक्ता डा.प्रवक्ता समिर कुमार अधिकारीले बतायनुभयो ।
अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ। तर त्यसमा पनि व्यापक अनियमितता भएको र केही ठाउँमा खोप केन्द्रहरू नै बन्द भएपछि मन्त्रालय यस्तो अपिल गरेको हो । मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।






