
नेपालगञ्ज । तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त हुनुभएको छ ।
केहि साता अघि मात्र प्रधानमन्त्री केपी ओली समूहले पूर्नगठन गरेको नेपाल खेलकुद महासंघका उपाध्यक्ष मनोनित भएका ओली नेपाल भलिबल संघका केन्द्रिय सचिव पनि हुनुहुन्छ । लगातार दुई कार्यकाल उहाँ भलिबल संघको केन्द्रिय समितिमा रहनुभएको छ ।
नेपालगन्जमा आयोजना हुने नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयोजक टोलीमा रहेर ओली सक्रिय रहँदै आएका छन् । ओली बाँके खजुरा गाँउपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ ।





