मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

लमही । दाङमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । आइतबार बिहान सात बजेतिर लमही नगरपालिका वडा नं ४ अर्नवा भन्ने ठाउँमा मोटरसाईकल दुर्घटना हुँदा प्यूठान सरुमारानी गाउँपालिका वडा नं ६ का ३४ वर्षीय युवराज रानाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका राना सवार लु १५ प ६३२१ नम्बरको मोटरसाइकल बिहान सात बजेतिर दुर्घटनामा परेको थियो ।

तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भइ सडकदेखि झन्डै ६५ मिटर तल खसेको डिसपी रिजालले बताउनुभयो । घाइते रानालाई लमही अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

रानाको आइतबार बिहान मोटरसाइल दुर्घटनामा मृत्यु भएपनि पहिचान खुल्न सकेको थिएन । दिउँसो मात्रै उनको पहिचान खुलेको दाङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले जानकारी दिनुभयो ।

Previous articleसंगठन बिस्तारमा जसपा सक्रिय, राप्तीसोनारीमा समिति गठन
Next articleसिमान्तकृतको सवाललाई नीतिगत गर्न कार्ययोजना निमार्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here