संगठन बिस्तारमा जसपा सक्रिय, राप्तीसोनारीमा समिति गठन

राप्तीसोनारी । जनता सामाजवादी पार्टी नेपालले राप्तीसोनारी गाउँपालिका स्तरिय समिति गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हिक्मत बिकको प्रमुख आतिथ्यता तथा जयप्रकाश थारुको अध्यक्षतामा समिति गठन गरिएको हो ।

जय प्रकाश थारुको संयोजकत्वमा २५ सदस्यि समिति पालिका स्तरिय समिति गठन गरिएको छ । जसको सहसंयोकमा छबिलाल बिक, सदस्यहरुमा देवीलाल थारु, उपेन्द्र बहादुर शाही, प्रेमलाल थारु, रामदीन थारु, लोक बहादुर बिक, श्यामलाल थारु, लगायत रहनुभएको छ ।

गाउँपालिका स्तरिय समितिले पार्टीलाई बलियो बनाउनका लागि बिभिन्न खाले भुमिका निर्वाह गर्ने जनता सामाजवादी पार्टी बाँके जिल्ला उपाध्यक्ष तथा क्षेत्र न १ का इन्चार्ज बुद्ध सुनारले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका र राप्ती सोनारी पाउँपालिकामा समिति गठन गरिसकेको र अब छिटै बाँकेका ८ वटै स्थानीय तहमा पार्टीलाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्नका लागि समिति गठन गरिने समेत सुनारले जानकारी दिनुभयो ।

साथै समितिले पार्टीलाई ३ महिने सुदृढीकरण अभियान समेत सन्चालन गरेको छ । देशमा एउटा सशक्त राजनीतिक विकल्प निर्माणको महान अभियान जनता सामाजवादी पार्टीले थालेको जिल्ला सचिव राजेन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

Previous articleमानव बेचबिखन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण
Next articleमोटरसाइकल दुर्घटनामा एकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here