
काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिन सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का सुरज गुरुङ छन् ।
लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो । गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए ।
पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ । एक किलो कोकिनको झन्डै तीन करोड रूपैयाँ नेपाल बजार हुन आउँछ । ब्युरोले भने औपचारिक रूपमा गुरुङ पक्राउबारे सार्वजनिक गरेको छैन ।
आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो । हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ ।
गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन् । कोकिन दक्षिण अमेरिकन मुलुकबाट नेपाल तस्करी हुँदै आएको छ। कोकिन निकै महंगो लागुऔषध मानिन्छ । सेतोपाटीबाट सभार





