कोहलपुरमा मानव बेचबिखनको अवस्थाबारे समिक्षा शुरु

कोहलपुर । बाँकेको कोहलपुरमा मानव बेचबिखन तथा ओसार पसारको अवस्थाबारे समिक्षा शुरु भएको छ ।

कोहलपुर नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, माइती नेपाल र हाम्रो सम्मान परियोजनाको समन्वय, सहकार्यमाा नगर स्तरीय मानव बेचबिखन नियन्त्रण समितिसंगको वार्षिक समिक्षा र योजना बैठक सोमबारबाट शुरु भएको छ ।

समिक्षामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले आर्थिक वर्ष २०७७/०७८ मा जोखिमपूर्ण यात्रामा रहि सीमा नाकाबाट उद्धार गरिएको संख्या नेपाल प्रहरी र माइती नेपाल समेतबाट तीन सय ९ जना उद्धार गरिएको बताउनुभयो । उहाँले उद्धारा गरिएकामध्ये १८ वर्षमाथिका महिला १ सय ९८ जना र १८ वर्ष मुनिका बालिका १ सय ६, बालक ५ रहेको तथ्याँक प्रस्तुत गर्नुभयो ।

यस्तै गत एक वर्षमा बाँकेका मात्रै ४४ जनालाई उद्धार गरिएको छ । जसमध्ये कोहलपुर नगरपालिकाका १३ जना, बैजनाथ गाउँपालिकाका १४ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ४ जना, डुडुवा गाउँपालिकाका १ जना र राप्तीसोनारी गाउँपालिकाका ४ जनाको उद्धार गरिएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

आर्थिक रुपमा कमजोर तथा शिक्षाको पहुँचबाट टाढा रहेका सामुदाय तथा परिवारको सदस्यहरु मानव बेचबिखनमा पर्ने अवस्थारहेकोमा हाल आएर शिक्षित तथा आर्थिक रुपमा सम्पन्न परिवारका सदस्यहरु मनव बेचबिखनको सिकार हुने गरेको देखिएको छ ।

कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले कोहलपुर नगपालिका मावन बचेबिखनको उच्च जोखिममा रहेको बताउँदै भौतिक विकाससँगै मानवीय चेतनाको विकास आजको आवश्यकता रहेको बताउनुभयो ।

हाम्रो सम्मान परियोजनाका कार्यक्षेत्र संयोजक कमला पन्तले वैदेशिक रोजगार, झुठा विवाह, मनोरञ्जन प्रदान, अंग मानव बेचबिखनको बदलिदो स्वरुप भएको बताउनुभयो ।

यूवा दृष्टि नेपालका अध्यक्ष यूवराज पोख्रेलले मानव बेचबिखन इच्छा विपरीत भएकाले यसलाई नियन्त्रण गर्नका लागि राज्यले विशेष नीति लिनुपर्नेमा जोड दिँदै स्थानीय सरकारले मानव बेचबिखन तथा ओसार पसारलाई नियन्त्रण गर्न सो नीति कार्यान्वयन गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

समिक्षामा समितिका सदस्य वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, वडा महिला सदस्य र अन्य सरोकारवाला संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको छ ।

Previous articleलागुऔषध कारोबारमा चर्चित व्यक्ति एक किलो कोकिनसहित पक्राउ
Next articleकक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तनको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here