सम्पर्कबिहिन भन्नुभएकी लुम्बिनी प्रदेश सांसद वली नेपालगन्जमा

दाङ । माओवादी केन्द्रले आफूहरूको सम्पर्कबाहिर रहेकी भनेको लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वली नेपालगन्जमा रहेको प्रहरीले बताएको छ ।

उहाँ फोन सम्पर्कमा आएको र उपचारका क्रममा नेपालगन्जमा रहेको जानकारी दिएको दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताउनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्बाङले पनि सांसद वली सम्पर्कमै रहेको बताउनुभयो । फोनमा कुरा भैरहेको र कुनै समस्या नरहेको उनको भनाइ छ ।

एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि उहाँ उपनिर्वाचन मार्फत सांसद हुनुभएको हो । तत्कालीन नेकपाबाट जितेकी उहाँले पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोज्नुभएको थियो ।

यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उहाँलाई सत्तापक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो । माओवादी केन्द्रले एमालेले उहाँलाई आफ्नो कब्जामा लिएको आरोप लगाएको छ ।

Previous articleबर्दियामा किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना संचालन
Next articleयादव जसपा संसदीय दलको नेतामा सर्वसम्मत चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here