पूजाको प्रसाद खाँदा २८ जना बिरामी

रासस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापा बोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाई छ ।

सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरिएको उहाँले बताउनुभयो । बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘फुडपोइजन’ का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ।

Previous articleजीवन र रङ्ग बिराङ्गी पतंग…
Next articleमुलुककै पहिलो कार्यविधि बनाएको नेपालगञ्जमा मानव वेचबिखन नियन्त्रणको संयन्त्र बन्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here