
आज पनि जब आकाशमा उडिरहेको पतंग हेर्छु, त्यति बेला लाग्छ की बालापन अझै जिंदा भैरहेको छ । जीवन प्रतिको उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन चाहनु हुन्न भने सांझाको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भर्ना सक्नुहुन्छ ।
“बालापनलाई बालापनको जस्तो नै जिउन दिनुहोस् । बालापनमा बच्चाहरुमाथि धेरै जिम्मेवारीहरु न थोपार्नुहोस्”
बलापनमा मलाई पतंग उडाउन अति नै प्रिय थियो, अर्थात शौख थियो । मेरो बालापन र पतंगको एक आपसमा गहिरो सम्बन्ध रहने गथ्र्यो । आज पनि जब म अकाशमा पतंग उडेको देख्छु, त्यति बेला मेरो मन बालापनको त्यो अवस्थालाई सोच्दै उत्साहले भरिन्छ । आज वर्तमान समयमा पतंग आवश्य उडाउन सक्दैन तर घरको छतमा बसेर रङ्ग बिराङ्गी पतंगलाई उडेको देखेर आफ्नो पुरानो बालापनको यादहरुमा रमाउन सक्छु ।
आँखा बन्द गरेर केहि समयका लागि आफ्नो बालस्वरुपलाई सम्झिने गर्दछु ।
एक बालकलाई एउटा कटेको पतंगको पछाडी दौडेको हेर्छु । साथीहरुसँग कागजको पतंग बनाउने गरेको हेर्छु । मन्झलाई धारिलो बनाउन बिग्रेको बत्तिको बल्ब वा रडलाई सानो–सानो मसिनो टुक्रा पारी त्यसलाई पिसेर सादा धागोमा भात एवं पिठोबाट बनेको ल्येई (पिठोबाट बनेको एक प्रकार गम) ले एक ठाउँबाट अर्को ठाउँमा बाँधेर मजबुत र बलियो बनाउने प्रयास गरेको देख्छु, किन की कसैले पनि पतंग काट्न नसकोस् ।
मानिसको भविष्य र पतंगको कथाको एउटै रुप
मानिसको भविष्यको फल र पतंगको कथाको एउटै रुप अर्थात कुनै–कुनै पतंग शीर्ष (माथि) सम्म जान्छ र घण्टौं आकाशमा उड्न सफल हुन्छ । केही पतंगहरु एक आपसमा पेंच लडाउँछन् र कटेपछि उडेर धेरै टाँढा जान्छ । कटेको पतंग मानिसको भविष्यफल र वर्तमानमा चलिरहने अथवा घट्ने घटनाहरुको फललाई दर्शाउँछ । अर्थात हामीहरु उडेपछि पतंग सरी कट्न पनि पर्दछ । आकाशमा उड्दै गरेको पतंगलाई हरेक दोश्रो उड्दै गरेको पतंगसँग पेंच लडाउनलाई तयार रहना पनि अति आवश्यक हुन्छ ।
यस्तो स्थितीमा पतंग कट्न पनि सक्छ र पतंग काट्न पनि सक्छ । म चाहान्छु कि मेरो व्यस्त रहने साथीले पनि समय मिलेमा पतंग उडाउन, तर उसलाई पतंगबाजी (पतंग उडाउने) चाहाना कहिले पनि रहेन । एक पटक मैले धेरै जिद गर्दा उसले एकलैनी बजारबाट केही पतंग किनेर ल्याअैं, साथै चरखी, धागो र मन्झा पनि ल्याऔं, तर के गर्ने उसले कहिले पनि पतंग उडाएको थिएन उसले राम्रोसँग पतंग किन्न (पतंगलाई बाध्ने धागो) पनि बाध्न सकेन, तर केहि समयपछिको प्रयासले उ सफल भयो । केहि बेरको प्रयासले पतंग उड्यो र दोश्रो पतंगसँग पेंच पनि लड्यो । तर उसको पतंग केही बेरपछि कट्यो । त्यसपछि पंतग उडाउन कें पतंगलाई वाहियात समय खेर गयो भनेर भन्न थाल्यो–मलाई पतंग उडाउन सुडाउन आउँदैन ।
आकाशमा उड्दै गरेको पतंगलाई हेरेपछि
आज पनि जब आकाशमा उडिरहेको पतंग हेर्छु त्यतिबेला लाग्छ की बालापन जीउँदै छ । जीवनप्रतिको उत्साह जगाउँदै रङ्ग बिराङ्गी पतंग । यस कोरोना महामारीमा घरबाट निस्कन चाहनुहन्ुछ भने साँझको १–२ घण्टा पतंग उडाएर पनि जीवनको आनन्द लिन सक्नु हुन्छ । मानिसहरु अहिले जमिनमा हिँडन र भिडभाडमा जान अप्ठ्यारो मान्दैछन्, तर आकाशमा आफ्नो आशाको पतंगको साहारा लिएर तपाई आफ्नो उडान भर्न त सक्नुहुन्छ ? आज समाज संक्रमित भएको अवस्थामा पतंग हामीलाई उडन पनि सिकाउँछ ।
जबकी एकातिर यसले सत्यसँग पनि हाम्रो सामना गराउँछ कि जीवनको यसै प्रकारको गति हुनुपर्छ । पतंग जस्तो उडौं र कटेर कतै दूर गैेहाल्छौं, अथवा जसको पतंग कट्छ त्यो मान्छे धेरै समयसम्म उदास रहँदैन, अर्को पतंग उडाउँछन र सामुने उड्दै गरेको पतंगसँग पेंच पनि लडाउँछन् । यो मानिसको जिउँने इच्छालाई इशारा गर्दछ । कुनै व्यक्तिको जबसम्म जिउँने इच्छा बाँकी छ । तबसम्म वास्तवमा उसको जीवन बचेको छ । यसकारण मानिसलाई खसेर फेरि उठने र हिँड्ने अर्थात पतंगहरुको भाषामा भन्नु पर्दा उड्नका लागि तयार हुनुपर्दछ ।
वा सफलता नपाए पनि सफलता पाउने गुण सिख्न सकिन्छ । त्यसैकारण अब म पतंगलाई राम्रोसँग उडाउन सक्दैन वा समय मिल्दैन, रङ्ग बिरङ्गगी पतंगलाई आकाशमा उडेको देखेर नै खुशी हुने गर्दछु । यसलाई जीवनको बितेका यादहरुसँग पनि जोडेर हेर्ने गर्दछु र आफ्नो मनभित्र रहेको बच्चालाई जीवित राख्ने गर्दछु । मलाई लाग्छ कि हामी उमेरमा जति ठुलो भएपनि कहिकतै हामीभित्रको बच्चाले हामीलाई जिउने आधार दिइरहने गर्दछ । अर्थात हामी भित्रको बालापन बुढो भयो भने, जिन्दगी रसहिन र अर्थहिन हुन्छ । त्यसकारण जति समस्या आएपनि आफूभित्रको बालापनलाई बुढो हुन दिनु हुँदैन ।
आफ्नो बच्चाहरुलाई पनि पतंगबाजी (पतंग उडाउने) खेल सँग जोड्नुहोस् ।
तपाईको आफ्नो बच्चाहरुलाई पतंगबाजी (पतंग उडाउने) जस्तो रोमाञ्चकारी खेलहरुसँग जोड्नुहोस् । मेरो हिसाबले मानिसहरुले मेरो यो कुरालाई मनन गर्छन कि, जब जब हामीले पतंग उडाउँछौं, त हामी कति उत्साहित हुन्छौं । आनन्दले मन भरिएको महशुस हुन्छ । जब हाम्रो पतंग, आकाशको उचाईलाई छुने गर्दछ तब हाम्रो मनमा बेग्लै किसिमको प्रसन्नता हुन्छ ।





