कोहलपुर नगरपालिका १ बाल विवाह मुक्त वडा घोषणा

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं १ बाल विवाह मुक्त वडा घोषणा भएको छ । बाल विवाह बिरुद्ध लामो समयदेखि बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको वडालाई मंगलबार बाल विवाह मुक्त वडा घोषणा गरिएको हो ।

कोहलपुरका मेयर लुट बहादुर रावत, उपमेयर सञ्जु कुमारी थारुको बिशेष उपस्थितिमा वडालाई घोषणा गरिएको हो । १ नम्बरका वडा अध्यक्ष गोपीलाल खनालका अनुसार वडाले प्रतिबद्धता जनाएको र उपमेयरले प्रमाणिकरण गरेपछि नगरपालिकाकै तेस्रो वडाका रुपमा वडालाई बाल विवाह मुक्त घोषणा गरिएको हो ।

घोषणा समारोहका अवसरमा बाल विवाह बिरुद्ध सक्रिय संघ संस्था एव व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप सम्मानित समेत गरिएको छ । वडा कार्यालय, प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को समन्वय सहकार्यमा वडालाई घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिकाले निर्माण गरेको बाल विवाह मुक्त अभियान संचलान निर्देशिका २०७६ अनुसार वडालाई घोषणा गरिएको स्याक नेपालका बाल विवाह रोकथाम परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो ।

यो संगै कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ यसअघि नै बाल विवाह मुक्त वडा घोषणा भइसकेका छन् । अब तत्कालै वडा नं ३ लाई पनि घोषणा गर्ने तयारी गरिएको छ ।

Previous articleअत्याधुनिक हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ
Next articleअदालतको आदेश : फुल्टेक्रा तलाउमा भौतिक संरचना निर्माण नगर्नु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here