नेपालगञ्जको तरकारी बजारमा प्रयोग हुँदैन मास्क ! प्रजिअ र प्रहरी प्रमुखको ध्यान खै ?

बाँके । नेपालगञ्जस्थित तरकारी बजारमा सर्वसाधारणले मास्कको प्रयोग देखिँदैन ।

एकातिर घरबाहिर निस्कने व्यक्तिले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने भन्दै जिल्लामा प्रहरीले कडाई गरेको छ । तर तरकारी मण्डीमा व्यवसाय गर्ने र खरिद गर्न जाने कोहीले पनि मास्कको प्रयोग गरेको पाइँदैन ।

घर बाहिर निस्कने र एक्लै जाने व्यक्तिले मास्कको प्रयोग गर्नुपर्छ, हैन भने सय रुपैया जरिवाना तिनुपर्ने नियम छ तर जहाँ दैनिक हजारौंको संख्यामा सर्वसाधारण पुग्ने तरकारी मण्डीमा भने यो नियम लागु भएको छैन ।

कोरोना सुरक्षा सम्बन्धीको निश्चित सरकारी मापदण्ड कार्यान्वयनका लागि तरकारी मण्डीले पनि कुनै पहल गरेको देखिँदैन ।

नेपालगञ्जमा शुरुमा कोरोना देखिँदा भने केही सावधानी अपनाएका थियौं, कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मेराज अहमद हलवाईले भन्नुभयो, तर अहिले कसैलाई केही वास्ता नै छैन ।

सुरक्षा सर्तकता अपनाउन प्रयास गरिएको भएपनि सबैले पालना नगरिदिँदा समस्या भएको अध्यक्ष हलवाईले बताउनुभयो ।

तरकारी बजारमा व्यवसाय गर्दै आएका पप्पु कबाडियाले भने गाउँबाट धेरै मानिसहरु आउने गरेका कारण सुरक्षा अपनाउन समस्या रहेको जानकारी दिनुभयो । कोरोनाबाट बच्न सर्तक भएका व्यक्तिहरु आफै सवाधान छन्, कबाडियाले भन्नुभयो, तर सबैले सावधानी नै अपनाउँदैनन् ।

बाहिर निस्कने मानिसहरुलाई मात्र सतर्क गराएर हुँदैन, दैनिकरुपमा धेरै भिडभाड हुने यस्ता ठाउँहरुमा भने प्रहरी, प्रशासनले किन ध्यान पु¥याएको छैन । के यस्ता ठाउँमा कोरोनाको जोखिम छैन ।

यदि कोरोनाको जोखिम छ भने प्रशासनले यी ठाउँहरुमा पनि कडाई गर्नुपर्छ । मुख्य सडक र सामान्य ठाउँमा मात्रै कडाई गरेर कोरोना जित्न नसकिने सर्वसाधारण भन्छन् ।

केही दिनअघि मात्र घर बाहिर निस्कने सबैले मास्कको प्रयोग गर्नुपर्छ भनेर जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरेपछि प्रहरीले जिल्लामा कडाई गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आइतबार मास्क नलगाएका एक सय १८ जनालाई कारवाही गरेको जनाएको छ ।

प्रहरीले दैनिक सडकमा मात्र बाहिर हिड्ने व्यक्तिहरुले मास्कको प्रयोग गरे/नगरेको चेकजाँच गर्छ र नलगाएकाहरुसंग कारवाही स्वरुप जरिवाना तिराइरहेको छ ।

तर बनाएको नियम निश्चित क्षेत्र, ठाउँमा मात्रै नभएर जिल्लाका सबै ठाउँमा कसले कडाई गर्ने ? बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र प्रहरी प्रमुख ओम बहादुर रानाको ध्यान यता तिर नपुगेकै हो त ? छैन भने यस्ता ठाउँमा ध्यान पु¥याउनुहोस ।

Previous articleसीमा नजिकका बाँध–तटबन्ध तत्काल हटाउन सरकारलाई निर्देशन
Next articleनेपालगञ्जस्थित एक सरकारी कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here