
बाँके । नेपालगञ्जमा एक सरकारी कार्यालयका प्रमुख घुस रकमसहित पक्राउ परेका छन् ।
यहाँस्थित घरेलु कार्यालय बाँकेका प्रमुख हुकुम बहादुर ओली ९६ हजार घुस रकमसहित मंगलबार बिहान पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख ओलीलाई घुस रकमसहित घरेलुु कार्यालयबाट पक्राउ गरेको अख्तियारका नेपालगञ्ज शाखा प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
लाइसेन्स बनाई दिने बहानामा सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थामा ओलीलाई पक्राउ परेको गैरेले बताउनुभयो । ओलीमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।





