पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ३ दिने पानीजन्य आपत्कालीन खोज तथा उद्धार तालिम बुधवार सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो उद्धारकर्ता समुदाय आफै भएको र उनीहरुको क्षमता विकासमा नेपाल रेडक्रसले गरेको योगदान प्रशंसानीय रहेको उल्लेख गर्नु भयो ।

बाढी विपद्को पूर्वतयारी गर्ने क्रममा समुदाय स्तरका व्यक्तिहरुलाई दक्ष बनाउने अभिप्रायले आयोजित प्रशिक्षणमा पानीजन्य आपत्काल, स्थानीय साधन श्रोतको प्रयोग गरी उद्धार गर्ने विधि, रबरबोट चलाउने तारिका र घाइते व्यक्तिहरुलाई प्राथमिक उपचार गर्ने विधि लगायत विषयमा प्रशिक्षण दिएको मुख्य प्रशिक्षक शसस्त्र प्रहरी बल शम्शेरगंजका सई टेकप्रसाद आर्चायले बताउनु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति÷आपत्कालनीन कार्य संचालन केन्द्रको समन्वय भएको उक्त तालिममा डुडुवा र खजुरा गाउँपालिका अन्तर्गत विपद् प्रभावित क्षेत्रभित्रका समुदाय र सोही वडामा रहेका प्रहरी चौकीका प्रतिनिधि गरी २४ जनाको सहभागिता रहेको थियो ।सहभागीहरुले हामी पहिला पनि उद्धार गर्दै आएको तर हामीसंग लाइफ ज्याकेट, डोरी जस्ता सामग्री नहुने र केही उपलब्ध भएपनि सही तारिकाबाट प्रयोग गर्ने स्पष्ट जानकारी नभएको हुदाँ जोखिम लिएर उद्धार गरेको अनुभव सुनाउदै अबका दिनमा आफ्नो प्रथम सुरक्षा गर्दै सिकाइएको विधि अनुसार उद्धार गर्न सक्षम भएको बताएका छन् ।

तालिममाको अन्तिम दिनमा डुडुवा गाउँपालिका वडा नं.५ नानापुर्वा स्थित पोखरीमा सीप परिक्षण अर्थात कृत्रिम घटना अभ्यास समेत गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलाल, शसस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक अशोक बम, जिल्ला प्रहरी कार्यालयका नि.कार्यालय प्रमुख मधुसुदन न्यौपाने, नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी लगायतको उपस्थिति रहेको थियो ।

अभ्यासमा शसस्त्र प्रहरी बलका आर्चाय, रमेश थापा, रेडक्रसका दोलखबहादुर डाँगी, रुपन ज्ञवाली र प्रहलाद विश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।

Previous articleअगैयाबाट हराएकी २५ वर्षीया युवतीको उद्धार
Next articleतीन बिषयमा वक्तृत्वकला आयोजना, टिकटक भिडियोमार्फत सहभागिता जनाउनुपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here