सीमा नाकाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

नेपालगन्ज । लागु औषधसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज वडा नं–१५ जमुनाहा नाकामा चेकजाँचका क्रममा नेपालगन्ज–११ का २८ बर्षीय किरण सुनार र ३४ बर्षीय सरोज थारु पाँच ग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन ।

किरणले लगाएको दाहिने चप्पलमा प्वाल पारि लुकाएर नेपाल ल्याउन लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

जमुनाहा प्रहरी इन्चार्ज पुर्ण बहादुर खत्रीका अनुसार उनीहरुले प्रयोग गरेको भे ८ प ७४३१ नम्बरको एन एस पल्सर मोटरसाइकल समेत बरामद गरेको छ ।

जमुनाह प्रहरी र ब्यूरोको प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलीले लागु औषधसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको छ ।

Previous articleफुल्टेक्राको चौतर्फी विकासका लागि समिति निर्माण
Next articleसाईबर अपराधबाट बच्न विद्यालय तहमा अध्यापन हुनुपर्नेमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here