साईबर अपराधबाट बच्न विद्यालय तहमा अध्यापन हुनुपर्नेमा जोड

राप्तीसोनारी । साईबर अपराधबाट बच्नका लागि ईन्टरनेटको सही सदुपयोग गर्नुपर्ने राप्ती सोनारीका किशोरीले बताएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा न.६ को समन्वय र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आयोजनामा २ दिने किशोरीका क्लबका पदाधिकारीका लागि प्रविधिको सुरक्षित प्रयोग र साईबर कानुन बारे तालिममा सो कुरा बताएका हुन् ।

राप्ती सोनारी गाउँपालिकाका वडा नं.६ मा गठित गुराँस किशोरी क्लबका किशोरीहरुको सहभागिता रहेको तालिमका प्रशिक्षक नेपाल युवा परिषद, लुम्बिनी प्रदेशका संयोजक तथा पत्रकार सोम गुरुङले कम्प्युटरको आधारभुत जानकारी साथै सामाजिक सन्जालबाट कसरी सुरक्षित रहने र साईबर कानुन, साईबर अपराधको बारे पनि प्रशिक्षण दिनुभएको थियो ।

यसैगरी स्याक नेपालका सुपरभाईजर धन कुमारी थारुले लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले सो तालिममा बालबिवाह सम्बन्धि कानूनी ब्यवस्था र यौनहिंसा रोकथाममा किशोर किशोरीको भुमिकाको महत्व रहेको बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिका वडा नं.६ मा गठित गुराँस किशोरी क्लबका अध्यक्ष स्वस्तिका बुढाथोकीले आफूले यस तालिममा साइबर अपराध भनेको के हो ? साईबर अपराधबाट कसरी बच्न सकिन्छ भन्ने बारे जानकारी पाएको बताउनुभयो ।

अर्का सहभागी अमृता चौधरी र अन्किता थापाले सामाजिक सन्जालबाट कसरी सुरक्षित हुन सकिन्छ भन्ने बारे थाहा पाएको बताउनुभयो ।

समाजमा बाल बिवाहले पार्ने नकारात्मक प्रभाव र कानूनी ब्यवस्थाका बारेमा जानकारी गराई बालबिवाह रोक्न अभिप्रेरित गर्ने, बालमैत्री र लैंगिक मैत्री बातावरण संचालन गर्नमा मद्धत पुग्ने लगायतका उदेश्यका साथ तालिमको आयोजना गरिएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी गराउनुभयो ।

Previous articleसीमा नाकाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ
Next article‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरलाई प्राप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here