रेडक्रसद्धारा नेपालगन्जलाई ४६ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तेस्रो लहरको पूर्वतयारीका लागि नेपालगन्ज उपमहानगरपालिकालाई ठूलो परिमाणमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

जर्मन दूताबासको साझेदारीमा प्राप्त भएको स्वास्थ्य सामाग्री रेडक्रसले नेपालगन्ज उपमहानगरपालिकाको आइसोलेसन केन्द्र व्यवस्थापन तथा कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीका लागि ४६ लाख ८ हजार ७ सय ५० रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

आइसोलेशन केन्द्रका लागि पिपिइसेट ५ सय थान, थरमन ३०, सेनिटाइजर १ सय, हाइड्रोक्लोराइड ५० जार, सर्जिकल मास्क ५ हजार, झुल १ हजार, आक्सीजन सिलण्डर ५०, सेनिटाजर डिस्पेन्सर १० लगायत १५ किसिमको सामग्री हस्तान्तरण गरिएको छ ।

उक्त सामाग्री एक कार्यक्रमकाबीच शाखा सभापति गोवर्धनसिंह सम्झनाले नेपालगन्जका मेयर धवलशम्शेर राणालाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्राप्त सहयोग सामाग्रीको उचित प्रयोग गर्न सुझाव दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा उपप्रमुख उमा थापा मगर, जि.आई.जेड.का लुम्बिनी प्रदेश संयोजक निराजन सुवेदी, नेरेसो बाँके शाखाका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, कार्यक्रम व्यवस्थापक दोलखबहादुर डाँगी र नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द लगायतको उपस्थिति रहेको रेडक्रस बाँकेका लेखा अधिकृत झबिलाल शर्माले जानकारी दिनुभयो ।

Previous article‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि किरण गजमेरलाई प्राप्त
Next articleनेपालगन्जकी उपमेयर थापा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here