नेपालगन्जकी उपमेयर थापा र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नेपालगन्ज । नेपालगंज उप महानगरपालिका उप प्रमुख उमा थापा मगरले आज प्रधानमन्त्री शेर बहादुर देउवासंग भेटघाट गर्नुभएको छ ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटार पुगि उप प्रमुख उमा थापा मगरले प्रधानमन्त्री शेर वहादुर देउवालाई भेटघाट गर्नुभएको हो ।

भेटघाटमा उप प्रमुख थापाले अहिलेको राजनितिक अवस्था र नेपालगंज नगरका विभिन्न योजनाका वारेमा जानकारी गराउनुभएको थियो ।

उहांले विेशेष गरि नेपालगंजको रिंगरोड, उप महानगरपालिकाले संचालन गरेको छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तराष्ट्रिय क्रिकेट मैदान हालै बन्दै गरेको नाथम कलेज जाने वाटो कालोपत्रे र नगरका बांकी रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राख्नुभएको हो ।

Previous articleरेडक्रसद्धारा नेपालगन्जलाई ४६ लाख बढिको स्वास्थ्य सामाग्री प्रदान
Next articleलागु औषधसहित रुपैडिहामा एक जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here