पानी ट्याङ्कीमा डुबेर कोहलपुरमा एक बालिकाको मृत्यु

सांकेतिक तस्बिर

नेपालगञ्ज । बाँकेको कोहलपुरमा पानीको ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

कोहलपुर ११ का ओमप्रकाश शर्माकी ४ वर्षिय छोरी रिना शर्माको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो ।

बसन्ती अधिकारीको बन्दै गरेको घरको पानी ट्याङ्कीमा बालिकाको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रविन्द्र खनालले बताउनुभयो ।

प्रहरीका अनुसार बालिकाको शव पोष्ट मार्टमका लागि नेपालगंज मेडिकल कलेज कोहलपुरमा राखिएको छ ।

Previous articleलागु औषधसहित रुपैडिहामा एक जना पक्राउ
Next articleयुवाहरुलाई प्रयोग मात्रै गरिएको राउण्ड टेबलको निष्कर्ष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here