
नेपालगञ्ज । प्रविधिलाई प्रयोग गर्दै युवाहरुको सवालमा भएको सवाल र समाधान विषयको राउण्ड टेबल प्रदेश स्तरीय छलफलमा युवाहरु प्रयोग मात्रै भएको निष्कर्ष निकालिएको छ ।
देशमा हुने र हुँदै आएका हरेक परिवर्तनका सम्वाहक बनेका युवाहरु नेपालको परिवर्तनसंगै राजनितिक परिवर्तन लगायतका विभिन्न काममा प्रयोग हुँदै आएको छलफलमा निष्कर्ष निकालिएका हो ।
नेपाल युवा संस्था संजाल आयोन काठमाण्डौंको आयोजनामा युएसएडको सहयोगमा संचालित सुशासनका लागि युवा परियोजना अन्तर्गत युवाको सवाल र समाधान बिषयक राउण्ड टेबल प्रदेश स्तरिय छलफल कार्यक्रम आइतबार बाँकेको नेपालगञ्जमा भएको हो ।
कार्यक्रममा प्रदेश स्थानीय तहको नीति निर्माण र योजना प्रक्रियामा युवाको सहभागिता, मतदाता नामावली दर्ता तथा निर्वाचन प्रक्रियामा युवा सहभागीता, युवाको सवालका बारेमा संचार क्षेत्रको भुमिका तथा युवा क्बल र युवा संजालले स्थानीय संग समन्वय गरि खेल्नुपर्ने भुमिकका बारेमा छलफल गरिएको थियो ।
मत अधिकार सुनिश्चताका लागि मतदाता नामावली दर्ताका लागि सचेतना मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खुम प्रसाद सुम प्रसाद सुवेदी बताउनुभयो ।
राजनितिक दलका भातृ संगठनसंग युवाका सवालका बारेमा छलफल गर्ने र युवाका सवाल बारेमा अवाज उठाउने भनेको राजनितिक दल नै भएकाले यस बिषयमा युवाहरुले समन्वय र सहकार्य गरेमा राम्रो हुने गरेको बताइएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश संसद नमुना के.सी, नेपालगंज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलगाई, जिल्ला युवा क्लक संजाल बाँकेका अध्यक्ष आशिष बर्मा लागयत अतिथीहरु बक्ताको रुपमा छलफलमा उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण आयोनका उपाध्यक्ष अशोक खनालले गर्नु भएको थियो । ४३ जना युवाहरुको सहभागिता रहेको नेपाल युवा संस्था संजाल आयोन बाँकेका फोकल र्पसन राजन बर्मा दिनुभयो ।





