
काठमाडौं– चिनियाँ शर्ट भिडियो सेयरिङ एप टिकटक गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा बनेको छ ।
एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।
गतवर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।
सूचीको शीर्ष पाँच स्थानमध्ये बाँकी रहेको चार स्थानमा फेसबुकको स्वामित्वमा रहेका एप छन् ।
फेसबुक, ह्वाट्स एप, इन्ष्टाग्राम र फेसबुक म्यासेञ्जर शीर्ष पाँचमा छन् ।





