युवा क्लबद्धारा सन्तानेश्वर महादेवको मन्दिर क्षेत्रको सरसफाई

नेपालगञ्ज । पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको बाँकेको नरैनापुरमा रहेको सन्तानेश्वर महादेवको मन्दिर क्षेत्रको सरसफाई गरिएको छ ।

पर्यटकको आगमनसंगै मन्दिर क्षेत्र फोहर हुन थालेपछि नरैनापुरस्थित युवा क्लबको अगुवाईमा बिहीबार सरसफाई गरिएको हो ।

क्लबमा आवद्ध पदाधिकारीहरुले मन्दिरको प्रवेशद्धार देखि मन्दिर परिसरसम्मको क्षेत्रको सरसफाई गरेका छन् । नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा नरैनापुर गाउँपालिका वडा नं ६ स्थित नमुना युवा क्लवको नेतृत्वमा सरसफाई गरिएको कार्यक्रम व्यवस्थापक अरुण यादवले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा पारेर युवाहरुको टोलीले सरसफाई यादवले बताउनुभयो । मन्दिरको चर्चा चुलिएसँगै दर्शनार्थीको भिड बढ्दा उक्त क्षेत्र फोहर बनेको थियो ।

Previous articleकृषि ज्ञान केन्द्र बाँकेको स्वीकृत वार्षिक कार्यक्रम सार्बजनिक
Next articleनागको पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here