
नेपालगञ्ज । कृषि ज्ञान केन्द्र बाँकेले आर्थिक र्वा २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रम सार्बजनिक गरेको छ ।
बिहीबार एक कार्यक्रमकाबीच वार्षिक कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा तरकारी उत्पादन, बजारीकरण, बिउबिजन तथा बिषादीको नियमित अनुगमन, हरित स्वयमसेवक नमुना कार्यक्रमलाई बढी प्रथामिकता दिइएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो ।
चालू आर्थिक वर्षमा व्यवासायिक कृषकलाई सिंचाइँसग जोड्नका लागि सिंचाइँ कार्यक्रम, उत्पादन प्रबिधि कार्यक्रम अन्र्तगत् मसिनो धान, चैते धान, बसन्ते मकै, प्रतिफलमा आधारित लगायतका नयाँ कार्यक्रमहरु थपिएको प्रमुख ढकालले बताउनुभयो ।
कार्यक्रमले गत वर्षको क्रमागत कार्यक्रम अन्र्तगत ब्लक बिकास, स्मार्ट कृषि गाउँ, अभियानमुखि मकै उत्पादन, सडक मार्ग लक्षित कार्यक्रमको पनि निरन्तरता दिएको छ ।
बिगतका दिनमा कार्यक्रमका कार्यबिधि नआएका कारण कार्यक्रममा कार्यन्वयनमा चुनौती देखिए पनि अहिले अधिकांस कार्यक्रमको कार्यबिधि आईसकेकाले कार्यन्वयनमा त्यति समस्या नरहेको ढकालको भनाइ छ ।





