आधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले कमाएको आधा सम्पति सरकारलाई दिने घोषणा गर्नुभएको छ ।

५० वर्षदेखि लगानी मात्रै गरेर सम्पति आर्जन गरेकाले अब कमाएको सम्पति फाउण्डेशन बनाएर सरकारलाई दिने उहाँले घोषणा गर्नुभएको हो ।

ईमेज टेलिभिजनको हटसिटमा कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले राज्यबाट भ्रष्टाचार गरेर लिने आफ्नो कुनै चाहना नभएको स्पष्ट पार्नुभयो । अविवाहित भएकाले आफूलाई कुनै सम्पतिको लोभ नभएको उहाँको भनाइ छ ।

कोरोना संक्रमण भएपछि एक्लै बस्नुपरेकाले सम्पति भन्ने के नै रहेछ र भन्ने लागेकाले अबका दिन जनताको सेवामा लगाउने आफ्नो इच्छा रहेको उहाँले बताउनुभयो ।

Previous articleनागको पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै
Next articleबिद्यालयको जग्गामा भुमाफिया, जबरजस्ती बाटो निर्माण !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here