बिद्यालयको जग्गामा भुमाफिया, जबरजस्ती बाटो निर्माण !

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं–१८ रहेको बिद्यालयको जग्गामा स्थानीयले जबरजस्ती बाटो निर्माण गरेका छन् । नेपालगञ्जस्थित पुरानो बिद्यालयमध्येको एक महेन्द्र नमूना माध्यमिक बिद्यालयको कारकाँदोस्थित लग्दहवामा रहेको जग्गामा स्थानीयले जबरजस्ती बाटो निर्माण गरेका हुन ।

बिद्यालयले आफ्नो जग्गामा स्थानीयले कब्जा गर्दै बाटो निकालेको बताएको छ । बाटो निकाल्न वा बाटो निर्माण गर्नका लागि सम्बन्धित जग्गावाला वा जग्गा कायम भएको पक्षलाई जानकारी वा सहमति लिनुपर्ने भएपनि कुनै प्रकारको जानकारी नै नदिइकन स्थानीयले आफ्खुशी बाटो निर्माण गरेको बिद्यालयका प्रधानाध्यापक राजेश कुमार यादवले बताउनुभयो ।

स्थानीयले बिद्यालयको जग्गामा बाटो निर्माण गरेपछि बिद्यालयले सम्बन्धित निकायमा निवेदन समेत दिएको छ । तर हालसम्म कुनै निकायको ध्यानाकर्षण हुन सकेको छैन । जिल्लास्थित जिल्ला प्रसाशन कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र जग्गा क्षेत्रभित्र पर्ने १८ नम्बर वडा कार्यालयमा बिद्यालयले निवेदन पेश गरेको हो ।

लामो समयदेखि बिद्यालयको जग्गामा भुमाफियाहरु लागेको बिद्यालयका प्रधानाध्यापक यादवले बताउनुभयो । यसअघि उक्त जग्गामा बाटो निर्माण गर्ने प्रयास गरिएको थियो । बाटो निर्माण गर्ने प्रयास स्वरुप ग्रावेल हालेर तयार गर्न लागेको समय बिद्यालयले डोजरको प्रयोग गरेर बाटो निर्माण कार्य रोकेको थियो ।

तर केही समयपछि पुन: बाटो निर्माण कार्य थालिएको बिद्यालयले जनाएको छ । बिद्यालयले प्रशासनमा निवेदन पेश गरेपछि प्रशासनले बाटो निर्माण कार्य रोक्नका लागि प्रहरीलाई पत्र पठाएको छ ।

प्रशासनले प्रहरीलाई पठाएको पत्रमा कुनै पनि सरकारी जग्गामा सहमति, मन्जुरी बिना सार्वजनिक बाटो निमार्ण कार्य हुन गर्न नदिने व्यवस्थाका लागि स्थानीय वडा कार्यालयलाई समेत समन्वय गरी आवश्यक कारवाही गरी सोको जानकारी यस कार्यालयलाई दिनुहुन आदेशानुसार अनुरोध छ, भनि उल्लेख छ ।

बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार निवेदन आएपछि बाटो निर्माण कार्य रोकिएको छ । उहाँले अहिलेलाई प्रहरीको टोली घट्नास्थल पुगेर बाटो निर्माण कार्यलाई तत्कालका लागि रोकिएको बताउनुभयो । प्रहरीलाई निर्माण कार्य रोक्न आदेश आएपछि रोकेका छौं, प्रवक्ता न्यौपानेले भन्नुभयो, यससंग सम्बन्धित स्थानीय सरकार भएको हुँदा यो विवाद समाधान गर्नुपर्ने जिम्मेवारी वडा कार्यालय लगायतको हो ।

बिद्यालयको जग्गामा ८ मिटर चौडाई भएको करिब एक सय मिटरको बाटो निर्माण गरिएको छ । बाटोमा ग्राभेल समेत राखिसकिएको छ । बिद्यालयको त्यहाँ १३ कित्तामा ३ बिगाह १६ धुर जग्गा भएको लालपुर्जामा उल्लेख गरिएको छ ।

Previous articleआधा सम्पत्ति राज्यलाई दिने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा
Next articleगेरूवाका कार्यकारी निर्देशकको दोस्रो कृति बजारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here