कोभिड वार्डमा खटिएकी स्टार्फनर्स अधिकारीलाई उपचार अभाव, सहयोग गर्न आग्रह

नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्टार्फ नर्स प्रमिला अधिकारीको दुबै आँखाको ज्योति गुमेपछि उपचारका लागि सहयोग अपिल गरिएको छ ।

भेरी अस्पतालको कोभिड–१९ वार्डमा कोरोनाका बिरामीको उपचारमा तल्लीन रहेकै बेला अधिकारीलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टिको केही समयपछि उहाँको दृष्टिमा समस्या देखिन थाल्यो । तत्पश्चात दृष्टिको उपचार गराउँन जाँदा उहाँको दुबै आँखाको ज्योति गुमेको छ ।

काठमाण्डौको अन्नपूर्ण अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई उपचारका लागि भारतको बैंङलौर लगिएको छ । तर उपचार महंगो भएको र परिवारलाई आर्थिक अभाव भएको नेपाल नर्सिङ्ग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओलीले जानकारी दिनुभयो ।

कोरोनाका बिरामीको हेरचाहमा खटिएकी स्टाफनर्सलाई उपचार अभाव भएपछि सहयोगका लागि आग्रह गरिएको हो । नर्सिङ्ग संघले एक बिज्ञप्ति जारी गरी अधिकारीको उपचारका लागि सहयोग गर्न सबैमा अनुरोध गरेको छ ।

पहिलो कोरोना कहरमै अधिकारीलाई कोरोना पुष्टि भएको थियो । पछि उहाँको आँखामा समस्या देखियो । तर उपचारकै क्रममा दुबै आँखा नदेख्ने भयो । सोही क्रममा अधिकारी बिरामी पर्नुभयो र बिस्तारै उहाँको अवस्था गम्भीर बन्यो ।

‘बाँकेमा कोरोनाको भयावह स्थितमा खटिएकी अधिकारीलाई अहिले उपचार अभाव भएको छ,’ संघकी अध्यक्ष ओलीले भन्नुभयो, ‘अरुको उपचारमा खटिनेलाई आज आफ्नै उपचार अभाव भएको छ । सबैको सहयोग भयो भने अवश्य नै अधिकारीको उपचार सहज बन्न सक्छ ।’

“पहिलो चरणमा केही सहयोग गरिएको भएपनि त्यो उहाँको उपचारका लागि केही नभएको संघकी अध्यक्ष ओलीले बाउनुभयो । नेपालगन्ज निवासी स्टाफनर्स अधिकारीलाई आर्थिक सहयोग पनि शुरु भएको भएपनि उपचारमा धेरै रकम खर्च हुने भएको हुँदा थप सहयोग गरिदिन हुन सबै सहयोगी मनहरुलाई हार्दिक अनुरोध गर्दछौं ।” बिज्ञप्तिमा उल्लेख छ ।

कोरोनाकालमा सर्वसाधारणको उपचारमा खटिएकी अधिकारीको जीवन जोगाउनका लागि सहयोग गर्न चाहनु हुनेले संघकी अध्यक्ष लक्ष्मी केसीको मोबाईल नम्बर ९८४८०२५९७० म सम्पर्क गर्न अनुरोध गरिन्छ ।

Previous articleनेपालगञ्जमा छात्रा कलेज सञ्चालनका लागि समिति गठन
Next articleनेपालगञ्जमा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here