नेपालगञ्जमा स्वास्थ्य सेवा प्रभावकारी बनाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधालाई थप प्रभावकारी बनाउने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को जनस्वास्थ्य क्रियाकलापहरुको पालिकास्तरीय बार्षिक समीक्षाकापछि प्राप्त सुझावहरुका आधारमा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा सुविधा थप प्रभावकारी बनाइने नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

दिगो विकासको लक्ष्य पुरा गर्नका लागि सबैभन्दा पछाडी परेका क्षेत्रमा प्राथमिकता दिइने भन्दै उहाँले स्वास्थ्य सेवा चुस्त, दुरुस्तसँगै तत्काल उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुको गत आर्थिक वर्षमा भए गरेका कामको समिक्षाका आधारमा चालु आर्थिक वर्षमा प्रभावकारी काम गरिने भन्दै राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई पुरस्कृत गरिने नीति लिन लागिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले नेपालगञ्जले प्राप्त गर्ने सफलता र असफलतामा सिंगो जिल्ला जोडिने भन्दै सबै अभियान र कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

मंगलबारसम्म चल्ने तालिममा वडा अध्यक्ष, कार्यपालिका सदस्य स्वास्थ्य संस्थाका इन्चार्ज लगायतको सहभागिता रहेको छ ।

Previous articleकोभिड वार्डमा खटिएकी स्टार्फनर्स अधिकारीलाई उपचार अभाव, सहयोग गर्न आग्रह
Next articleभवन निर्माणमा प्रश्न उठेपछि फुल्टेक्रा माबिद्धारा आर्थिक विवरण सार्वजनिक (विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here