बैजनाथ गाउँपालिका वडा नं ५ बाल विवाह मुक्त घोषणा

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ५ बाल विवाह मुक्त वडा घोषणा भएको छ । आइतबार एक कार्यक्रमका विच बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको बिशेष उपस्थितिमा वडालाई बाल विवामुक्त वडा घोषणा गरिएको हो ।

सो अवसरमा वडालाई बाल विवाह मुक्त घोषणा गर्न विशेष भूमिका निर्वाह गर्ने प्लान इन्टरनेशन नेपाल, समाजिक सचेतन सरोकार मञ्ज (स्याक नेपाल) लगायत संघ संस्था तथा व्यक्तिलाइृ सम्मान गरिएको ५ का वडा अध्यक्ष मन बहादुर खत्रीले जानकारी दिनुभयो ।

यो संगै बैजनाथ गाउँपालिकाका १ र ८ बाल विवाह मुक्त घोषणा भइसकेका छन् । कार्यक्रममा बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडी, कर्मचारी स्थानीय राजनितिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

स्याक नेपालको बाल विवाह रोकथाम परियोजनामार्फत बाल विवाह रोकथामका लागि बिभन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ । यही क्रममा आइतबार वडा न ५ लाई वाल विवाह मुक्त घोषणा गरिएको परियोजना प्रबन्धक जगदिश थापाले बताउनुभयो ।

Previous articleभवन निर्माणमा प्रश्न उठेपछि फुल्टेक्रा माबिद्धारा आर्थिक विवरण सार्वजनिक (विवरणसहित)
Next articleस्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here