डुडुवा ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी

डुडुवा । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न डुडुवा गाउँपालिका अहिले प्रयासरत छ ।

पालिका स्तरीय बाल अधिकार समितिका संयोजक उपाध्यक्ष शाहिदा बानोको अध्यक्षतामा साेमबार बसेको बैठकले वडा नं.५ लाई बाल विवाह मुक्त वडा घोषणा गर्ने निर्णय गरेको छ ।

संयोजक उपाध्यक्ष बानोले अन्य पालिकाले आफनो वडा बाल विवाह मुक्त वडा घोषणा गरे पनि डुडुवा गाउँपालिका मधेशी बस्ती भएको हुदाँ अहिलेसम्म बाल विवाह मुक्त हुन नसकेको बताउनुभयो । उहाँले वडा नं.५ मिश्रित बस्ती भएको भएपनि घोषणा गर्न लागेको बताउनुभयो ।

डुडुवाको वडा नंं.५ मा गठित जनचेतना किशोरी क्लबका किशोरीहरुको सक्रियतामा घरदैलो अभियानमा सक्रिय भई लागेपछि वडा नं.५ लाई असोज महिना भित्र बाल विवाह मुक्त वडा घोषणा गर्ने बाल अधिकार समितिले निर्णय गरेको हाे ।

वडा नं.५ लाई बाल विवाह मुक्त वडा बनाउन किशोरीहरु सक्रिय भएका छन् । प्लान इन्टरनेशलन नेपालको सहयोग र स्याक नेपाल बाँकेको सहकार्यमा डुडुवा गाउँपालिकामा बाल विवाह रोकथाम परियोजना सन्चालन गरिरहेको छ ।

किशोरी क्लबका पदाधिकारीहरु सबै मिलेर डुडुवा गाउँपालिकाको वडा नं. ५ को शिवराजपुर, नानापुर, चाचमारी र लिमागी टोलमा घरदैलो गरि स्टीकर टाँसेको जनचेतना किशोरी क्लबका अध्यक्ष दिलमाया विकले जानकारी दिनुभयो ।

घरदैलो गर्ने समयमा स्थानीयहरुले प्रतिबद्धता समेत जनाएको र बाल विवाह बारे जानकारी प्राप्त गरेको किशोरी क्लबका सचिव मनिषा परियारले बताउनुभयाे ।

बैठकमा कार्यपालिका सदस्य लिलावती यादव, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, शिक्षा प्रमुख सञ्जय कुमार कर्ण, स्रोत व्यक्ति रामएकबाल मण्डल, पत्रकार सोम गुरुङ्ग, लगायत किशोरी क्लबका पदाधिकारीको सहभागिता रहेको थियो।

डुडुवा गाउँपालिकाको वडा नं ५ लाई असोज महिनाभित्र बाल विवाह मुक्त वडा घोषणा गरिने स्याक नेपालका सुपरभाईजर आकृति यादवले जानकारी दिनुभयो ।

यादवले भाद्र महिनामा घरधुरी सर्वेक्षण गर्ने र जनचेतनामुलक कार्यक्रम गर्ने त्यसपछि असोज महिनाभित्र बाल विवाह मुक्त वडा घोषणा गरिने जानकारी दिनुभयाे ।

Previous articleट्राफिक चाेकबाट भन्सार छलिको सामान बरामद
Next articleडुडुवा खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here