डुडुवा खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्बिर

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकास्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नं ५ को डलैपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पाँच जना साथीहरु पौडी खेल्न गएका क्रमममा डुडुवा ५ डलैपुर कम्दीका १७ वर्षीय मैथु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साढे तीन बजेको समयमा नेपाली पौडी खेल्ने क्रममा डुबेका नेपालीको मंगलबार शव फेला परेको छ ।

भारतबाट कमाई गरेर घर फर्किएका नेपाली साथीहरुसंग नुहाउन खोलामा गएका थिए । डलैपुरका जंगबीर नेपालीका छोराको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । दुई दिन पछि मंगलबार बिहान मिल चोक नजिक फेला परेको हो ।

शवलाई फोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

Previous articleडुडुवा ५ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी
Next articleबाँकेको जानकी १ साईगाउँ बाल बिवाह मुक्त वडा घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here