
नेपालगन्ज । भारतबाट भन्सार छलि भित्रयाईएकाे सामान प्रहरीले बरामद गरेकाे छ ।
प्रहरीका साेमबार अपरान्ह साढे तीन बजेकाे समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नं १० ट्राफिक चौकबाट उक्त सामान बरामद गरेकाे हाे ।
भन्सार छलि चोरी पैठारी गरेर ल्याएको बेवारिसे अवस्थामा रहेको सामानहरु अन्दाजि मुल्य एकाउन्न हजार एक सय बिस रुपैया बराबरको विभिन्न सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको बाँके प्रहरीले जानकारी दिएकाे छ ।
बरामद सामानहरूमा झ्याल-ढोकाको कब्जा, जेन्स टिसर्ट र सुपर पावर सुर्ति रहेकाे छ ।





