बाँकेको जानकी १ साईगाउँ बाल बिवाह मुक्त वडा घोषणा

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नं १ बाल विवाहमुक्त घोषणा गरिएको छ । मंगलबार एक घोषणा समारोहको आयोजना गरी वडालाई बाल विवाह मुक्त घोषाणा गरिएको हो ।

नेपालको कानून अनुसार अबदेखि वडामा कुनै पनि बालबालिकाहरुको बिवाह नहुने भन्दै स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाउँदै वडालाई बाल विवाहमुक्त घोषणा गरिएको छ ।

जानकी गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धिताल, वडा नं १ का वडा अध्यक्ष मोहम्मद रजा राई लगायत अन्य वडाका वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिकाको कार्यालय, वडा न १ को कार्यालयको समन्वय सहकार्यमा प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल)को आयोजनामा घोषणा समारोह गरी वडालाई घोषणा गरिएको हो ।

बाल विवाहमुक्त वडा घोषणा गर्नका लागि स्याक नेपालले बाल विवाह रोकथाम परियोजनामार्फत बिभिन्न सचेतनामूलक कार्यक्रम, छलफल जस्ता गतिबिधि संचालन गरिएको थियो ।

स्थानीय सरोकारवालाहरुसंग सहमति सहकार्य गर्दै वडालाई बाल विवाहमुक्त घोषणा गर्न सफल भएको स्याक नेपालका परियोजना प्रबन्धक जगदिश थापाले जानकारी दिनुभयो । घोषणा समारोहमै वडालाई मुक्त बनाउन सहयोगी भूमिका निर्वाह गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रमाणपत्रले सम्मान प्रोत्साहन समेत गरिएको छ ।

Previous articleडुडुवा खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय युवकको मृत्यु
Next articleराजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावी कार्यक्रमबारे छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here