राजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावी कार्यक्रमबारे छलफल

राजापुर । बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गर्ने स्याक नेपाल बाके लगायत विभिन्न साझेदार संस्थाहरुको बार्षिक समिक्षा बैठक तथा आगामी कार्यक्रमबारे जानकारी गराउन समन्वय बैठक सम्पन्न गरिएको छ ।

सो बैठकमा सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँके युनेस्को क्लब, गेरुवा ग्रामिण जागरण संघ बर्दिया, बी ग्रुप, साथी र थारु महिला उत्थान केन्द्र लगायतका साझेदार संस्थाहरुले सञ्चालन गरेको कार्यक्रमको समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षमा गरिने कार्यक्रम र बजेट बारे जानकारी गराएका थिए ।

स्याक नेपाल बाँकेद्धारा प्लानको सहयोगमा सञ्चालन गरिएको सिकार्इ परियोजनाको बार्षिक समिक्षा तथा नयाँ आर्थिक वर्षको कार्यक्रम बारे बजेट सहितको विवरण प्रस्तुत गरिएको परियोजना अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो ।

बैठकमा संस्थाले बिगत बर्षमा सञ्चालन गरेका कार्यक्रमहरु सफलतापुर्वक समयमै पुरा गरिएको र राजापुर नगरपालिका शिक्षा शाखाको समन्वय, सहकार्यले गर्दा समयमा सम्पन्न गर्न सकिएकोमा आभार व्यक्त गर्दै भविष्यमा पनि कार्यक्रमहरु बढी भन्दा बढी सञ्चालन गरिने बताउनुभयो ।

बैठकमा राजापुर नगरपालिकाका उपमेयर मनकला कुमारी चौधरीले स्याक बाँकेले बिगत बर्षदेखि यस नगरपालिकामा शिक्षाको गुणस्तर बृद्धिका लागि हातोमालो गदै बिभिन्न कार्यक्रम र गतिविधिहरुले गर्दा बिधालयतहको लैगिंकमैत्री तथा बाल मैत्री शिक्षण सिकाइ हुने बाताबरण सृजना गरेको बताउनुभयो ।

सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, शिक्षा शाखा प्रा.स. तथा अन्य बिषयगत शाखाका शाखा प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्लानको सहयोगमा स्याक नेपालद्धारा बिगत दुई बर्षदेखि सिकाई परियोजना संचालनमा रहेको र परियोजना संचालन भएका बिधालयमा गुणस्तरिय शिक्षा कायम गर्न सफल भएको जनाइएको छ ।

Previous articleबाँकेको जानकी १ साईगाउँ बाल बिवाह मुक्त वडा घोषणा
Next articleअनुमति नलिई व्यापार गर्नेलाई पचास हजार जरिवाना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here