अनुमति नलिई व्यापार गर्नेलाई पचास हजार जरिवाना !

नेपालगन्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार अनुगमनका क्रमममा अनुमति नलिई व्यापार व्यावसाय गर्दै आएको नेपालगंजको त्रिभुवन चोक स्थित हनुमन्त स्टोरलाई पचास हजार रुपैयाँ जरिवाना गरेको छ l

नियमित रुपमा बजार अनुगमन गर्ने क्रममा अनुमति नलिई व्यापार व्यावसाय गरेको भेटिएकोले उक्त स्टोरलाई कारबाही स्वरूप तत्काल ५० हजार रुपैयाँ जरिवाना सहित व्यापार व्यवसाय दर्ता गरेर मात्र संचालन गर्न निर्देशन दिईएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिनुभयो l

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कर्यालयका वेदेश्वर गौतम, नेपालगंज उपमहानगरपालिकाका प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य वसन्त गौतम लगायतको सहभागिता रहेको थियो l

Previous articleराजापुरमा प्लानका साझेदार संस्थाद्धारा समिक्षा तथा भावी कार्यक्रमबारे छलफल
Next articleराजापुरमा स्टीम एजुकेशन तीन दिने सम्बन्धि तालिम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here