राजापुरमा स्टीम एजुकेशन तीन दिने सम्बन्धि तालिम संचालन

राजापुर । बर्दियाको राजापुर नगरपालिकामा स्टीम एजुकेशन सम्बन्धि तीन दिने तालिम संचालन गरिएको छ ।

राजापुर नगरपालिका क्षेत्रका बिद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न तीन दिने स्टीम एजुकेशन सम्बन्धी तालिम संचालन गरिएको हो ।

स्थानीय तहको समन्वय सहकार्य तथा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको आर्थिक सहयोगमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) को आयोजनामा उक्त तालिम संचालन गरिएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै राजापुर नगरपालिकाकी उपमयेर मनकला कुमारी चौधरीले व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । किताबी किरा नभएर व्यवहारिक दिगो शिक्षामा प्रदान गर्नुपर्ने आजको आवश्यकता भएको बताउनुभएको थियो ।

तालिमले शिक्षकलाई विद्यालयमा गरिने शिक्षण सिकाई पद्धति र कक्षाकोठा व्यवस्थापनमा रुपान्तरण गर्न लैंगिक संवेदनशिल शिक्षण सिकाई विधि र प्रक्रियाको बारेमा सहभागिको ज्ञान र सिपमा अभिवृद्घि भई विद्यालय तहमा पाठ्यक्रममा भएको बिषयगत पाठको सहजीकरण गर्न र शिक्षण सिकाइमा मद्घत पुग्ने आयोजकको अपेक्षा छ ।

तालिममा स्टिम शिक्षाका विविध पक्षहरु, स्टिम शिक्षण विधि, स्टिम विषयवस्तुहरु तथा नेपाल सरकारले हालै लागु गरेको इन्टीग्रेटेड पाठ्यक्रमका पक्षहरुमा प्रशिक्षण भइरहेको स्याक नेपाल बाँकेका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनुभयो । तालिमलाई त्रिभुवन बिश्वबिद्यायका स्टीम म्याथमेटिक्स स्टीम एजुकेशनका उपप्रधाध्यक इन्द्रमणि श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

तालिमममा बर्दियाको राजापुर नगरपालिका वडा नं ४ स्थित अमर शहिद दशरथ चन्द माध्यमिक बिद्यालय, वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत बिद्यालय र ज्ञानोदय प्राथमिक बिद्यालय, वडा नं ९ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय, वडा नं १० स्थित जनचेतना माध्यमिक बिद्यालय र चन्द्रदोय प्राथमिक बिद्यालय तथा गेरुवा गाउँपालिका वडा नं ५ स्थित नवज्योति प्राथमिक बिद्यालय र पशुपति माध्यमिक बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको परियोजनाका सुपरभाइजर दशलाल चौधरीले जानकारी दिनुभयो ।

Previous articleअनुमति नलिई व्यापार गर्नेलाई पचास हजार जरिवाना !
Next articleप्राधिकरणकाे वार्षिकोत्सवको अवसरमा कर्मचारी संघद्वारा विभिन्न कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here