
बाँके । बाँकेमा बुधबार थप छ जनामा काेराेना पुष्टि भएकाे छ । भेरी अस्पताल नेपालगन्जमा भएकाे पछिल्लो परीक्षण नतिजा अनुसार बाँकेमा छ जनामा काेराेना पुष्टि भएकाे हाे ।
भेरीले बुधबार एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं-२१ का एक २५ वर्षीय पुरूष, खजुरा गाउँपालिका वडा नं-२ का ३२ वर्षीय र वडा नं-३ का ३१ वर्षीय पुरूष, वडा नं-८ का ३९, ४० र ५२ वर्षीय पुरूषमा काेराेना देखिएकाे हाे ।






