
नेपालगञ्ज । बाँके प्रहरीले मोटरसाईकल चोरहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मोटरसाईकल चोरीमा संलग्न कोहलपुर नगरपालिकाबाट तीन जनालाई पक्राउ गरेको हो ।
कोहलपुर नगरपालिका वडा नं ११ बसपार्कस्थित पुर्वतर्फको सडकमा चोरीमा संलग्न रहेका रुकुम पश्चिम चौरजाहरी नगरपालिका ११ बस्ने १८ वर्षीय अनुप चन्द, सोही ठाउँ बस्ने २० वर्षीय सुन्दर मल्ल र १८ वर्षीय अम्मर बिकलाई पक्राउ गरेको जनाइएको छ ।
उनीहरुको साथबाट चोरी गरी लगिउको भे ३ प ६००४ नम्बरको डिस्कभर कालो निलो रंगको मोटरसाईकल एक थान, एन एस मोटरसाइकलको निलो रंगको हेडलाईट एक थान, पस्लसर मोटरसाईकलको निलो रंगको ट्याँक्की कभर एक थान र मोटरसाईकलका पार्टपुर्जाहरु खोल्न प्रयोग गरिने पेचकस लगायतका सामाग्री फेला परेको कोहलपुरका प्रहरी नायब उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
डिस्कभर मोटरसाईकल हराईपछि मोटरसाईकल धनी चन्द्र बहादुर गिरीको निवेदनपश्चात खोजी कार्यमा लागेको प्रहरी टोलीले चोरलाई समात्न सफल भएको छ ।





